प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै – 'पीके' र 'रक अन' जस्ता हिन्दी फिल्ममा अभिनय गरेका अभिनेता साई गुंडेवरकाे गएकाे आइतबार अमेरिकामा निधन भएकाे छ ।
सन् १९७८ फेब्रुअरी २२ मा जन्मिएका साई गएकाे एक वर्षदेखि ब्रेन क्यान्सरसँग लडिरहेका थिए । साईकाे निधनप्रति उनका साथी फिल्म उद्याेगका कलाकारहरुले समाजिक सञ्जालमा शाेक व्यक्त गरिरहेका छन् ।
महाराष्ट्रका गृह मन्त्री अनिल देशमुखले पनि अभिनेता साईप्रति श्रद्धाञ्जली दिएका छन् ।
महाराष्ट्रकाे नागपुरमा जन्मिएका अभिनेता तथा माेडल साईले हलिवुडकाे कैयाैँ लाेकप्रिय टीभी सिरिज– द ओरभिल स्वाट कैग्नी एण्ड लैसी द मार्स र कन्सपिरेसिज मा काम गरेका छन् । अमेरिकामा ग्रीन कार्ड नपाएपछि उनी सन् २००७ मा भारत फर्किएका थिए । एमटीभीकाे रियालिटी शाे एमटीभी स्प्लिट्सभिला मा चाैथाै सिजनमा एक प्रतियाेगीकाे रुपमा देखिएपछि साई भारतमा लाेकप्रिय भएका थिए ।
हिन्दी सिनेमाले केही दिनअघि मात्र दुई महान् अभिनेता ऋषि कपूर र इरफान खानलाई पनि गुमाएकाे थियाे ।