बाबर आजम पाकिस्तानी एकदिवसीय क्रिकेट टिमकाे कप्तान नियुक्त

 बैशाख ३१, २०७७ बुधबार २१:६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पाकिस्तानी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट टिमका कप्तान बाबर आजमलाई राष्ट्रिय एकदिवसीय क्रिकेट टिमकाे कप्तान चुनेकाे छ । पाकिस्तानी क्रिकेट बाेर्डले बुधबार एक बयान प्रकाशित गर्दै यसबारेमा जानकारी दिएकाे हाे ।  

पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएका आजमलाई पाकिस्तान क्रिकेट टिमले एकदिवसीय क्रिकेट टिमको कप्तान चयन गरेको हो । गएको वर्षमात्र बाबरलाफ टी-२० टिमको कप्तान चुनिएको थियो । यसअघिका कप्तान सरफराज अहमदलाई हटाइएपछि आजमलाई एकदिवसीयको नेतृत्व दिइएको हो । यतिमात्र होइन सरफराज बोर्डको केन्द्रीय सम्झौताको सूचीबाट पनि हटाइएका छन् ।

टेस्ट क्रिकेटमा भने अजहर अलीले नै कप्तानी गर्ने भएका छन । कोरोनापछि सुरु हुने क्रिकेट प्रतियोगिताहरुमा आजमले पाकिस्तानको कप्तानी गर्ने भएका छन् ।

आजम पाकिस्तानका लागि एकदिवसीय र टी–२० मा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । तर अब उनको जिम्मेवारी झन् थपिने भएको छ । मुख्य प्रशिक्षक मिसवाह उल हकले पाकिस्तानलाई बलियो र युवा खेलाडीलाई मौका दिने हिसाबले नयाँ कप्तान बनाएको बताएका छन् ।

कोरोनाकाे कारण क्रिकेट कहिले सुरु हुने भन्ने यकिन नभए पनि पाकिस्तानले आगामी दिनमा राम्रो प्रदर्शन गर्ने विश्वास गरेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया