तामाकोशी नदीमा नुहाउन गएकी बालिका बेपत्ता

 जेठ १, २०७७ बिहिबार १९:५१:२४ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – मन्थली नगरपालिका ८ जखनीटार नजिकै तामाकोशी नदीमा नुहाउन गएकी १२ वर्षीया बालिका बेपत्ता भएकी छिन् । 

बिहीबार दिउँसो साथीहरुसँग तामाकोशी नदीमा नुहाउन गएकी ओखलढुङ्गा जिल्ला घर भइ अहिले मन्थली नगरपालिका ८ जखनीटारमा रहेकी ठूली आमाको घरमा आएकी ती बालिका नजिकैका बालिकाहरुसँग नदीमा नुहाउन गएकी थिइन् । 

साथीहरुसँग नुहाउने क्रममा उनी बेपत्ता भएकी हुन् । बालिका बेपत्ता भएसँगै उनको खोजी कार्य भइरहेको छ ।

बालिकाको खोजीकाे लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुले खोजी कार्य जारी राखेको भएता पनि भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयाे ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया