आयरल्यान्ड–उल्भ्सले दियाे नेपाल 'ए' लाई २ सय २३ रनकाे लक्ष्य
चैत १६, २०८० शुक्रबार
इलाम - इलाम नगरपालिका र देउमाई नगरपालिकाको बीचमा रहेको पुवाखोला-१ हाइड्रोपावरको उत्पादन गृहमा कार्यरत कर्मचारीले तलब र अन्य सेवासुविधा नदिइएको गुनासो गरेका छन् ।
तीन वर्षअघि निर्माण सम्पन्न भएको हाइड्रोपावरले विगत २२ महिनादेखिको तलब नदिएको कर्मचारीहरुले गुनासो गरेका हुन् । लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई हाइड्रोपावर कम्पनीले छ महिनादेखि एक वर्षको अन्तरालमा दुई महिनाको तलब खातामा लगाइदिने गरेको इन्टेकमा कार्यरत कर्मचारी निर्मल घिमिरेले बताउनु भयो ।
कम्पनीले २३ जना कर्मचारीको ४० लाख रुपैँयाभन्दा बढी तलब दिन बाँकी रहेको बताइएको छ । उहाँले भन्नु भयो, ‘झण्डै दुई वर्षको तलब पाउन बाँकी रहेको छ । खाइपाइ आएको तलब उपलब्ध गराउन अनुरोध गर्दा हाइड्रोपावर व्यवस्थापनले उल्टै जागिर छोड्न दबाब दिने गरेको छ । ’
हाइड्रोपावरमा हाल २० जना कर्मचारी कार्यरत छन् । काम छोडिसकेकाले पनि आफ्नो तलब अहिलेसम्म नपाएको कर्मचारीहरु बताउँछन् । कर्मचारीको मात्र नभइ हाइड्रोपावरले निर्माण अवधिको कामदार, ठेकेदार र निर्माण सामग्रीको पैसासमेत भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ ।
यता हाइड्रोपावरका कदम केसीले भने आयोजना घाटामा रहेकाले सयमै तलब दिन नसके पनि समय-समयमा तलब भुक्तानी गर्दै आएको जानकारी दिनुभयो ।
केसीले भन्नुभयाे, ‘आयोजना घाटामा छ, हामीले ऋण काढेर भए पनि केही महिनाको तलब दिइसकेका छौँ । अब केही दिनमै हामी बाँकी तलब भुक्तानी गर्छौँ ।’ दबाबको भरमा काम नगरी जागिर खाइरहेका सबैलाई काममा लगाउन नसकिने उहाँको भनाइ छ ।
केसीले अनुसार एक पटकलाई भुक्तानी गर्ने र जागिर छोड भनेकाले अब पनि नछोडे अर्को पटक तलब खुवाउन असमर्थ हुने बताउनुभयाे ।