कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
पाँचथर – जिल्लाका ८ वटै पालिकामा लगाएको मकै बालीमा फौजी किराको आतंक सुरु भएको छ ।
जिल्लाको कुम्मायक, तुम्वेवा, मिक्लाजुङ, फिदिम नगरपालिका र हिलिहाङ पालिकाको भारपा, पञ्चमी, सुभाङ्ग, अमरपुर लगायतका क्षेत्रहरु फौजी किराको उच्च जोखिममा रहेका छन् ।
अमेरिकी मिचाहा जातको फौजी किराले छोटो समयमा ठूलो क्षति पु¥याएपछि नियन्त्रणमा चुनौती देखिएको छ । बारीमा गोड्ने अवस्थाका मकै फौजीले किराले मार्न थालेको हिलिहाङ्ग गाउँपालिका वडा नं ४ का कृषक डिल्लराम चम्लागार्इँले बताउनुभयो ।
जिल्लामा किसानले लगाएको मकैबालीमा खडेरी र फौजी किराको प्रकोपका कारण वर्षेनी उत्पादन घट्दै गएको छ । किराले मकैको पात र गुबो खाएर मार्ने गरेको छ ।
यस्तै जिल्लाको सुख्खाक्षेत्र कुम्मायक र तुम्बेवा तथा फाल्गुनन्द गाउँपालिकाका किसानले लगाएको मकैबालीमा किराको यस अघि नै आतंक देखिएको छ ।
यस क्षेत्रमा अघिल्लो वर्ष पनि फौजी किराको प्रकोपले मकै उत्पादनमा ठूलो क्षति पु¥याएको थियो ।
किरा नियन्त्रणका लागि पालिकाहरुले बढाए सक्रियता
जिल्लमा फौजी किराको प्रकोप बढ्न थालेपछि पालिकाहरुले नियन्त्रणका लागि सक्रियता देखाएका छन् ।
जिल्लाको हिलिहाङ्ग गाउँपालिकाले किरा नियन्त्रणका लागि सकृयता बढाएको छ । किसानले लगाएको मकै बालीमा किराको प्रकोप देखा पर्न थाले पछि पालिकाले किरा नियान्त्रणका लगि सक्रियता बढाएको हो ।
पालिकाले सबै वडाका किसानहरुलाई ५० प्रतिशत अनुदानमा विशादि तथा स्प्रे मेसिन वितरण गर्ने तयारी गरिएको पालिका अध्यक्ष भवानी लिङदेनले बताउनुभयो ।
यस्तै जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाहरुले पनि कृषकहरुलाई अनुदानमा विषादी तथा स्प्रे मेसिन वितरण गरिरहेका छन् ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।