प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै – स्पेनी सरकारले देशकाे सबैभन्दा ठूलाे व्यावसायिक फुटबल लिग ला लिगा काे म्याच आउँदाे जुन ८ तारिखदेखि सुरु गर्न अनुमति दिएकाे छ ।
काेराेना भाइरसकाे महामारी सुरु भएपछि गएकाे मार्चमा ला लिगा स्थगित गरिएकाे थियाे । यद्यपि गएकाे हप्तादेखि कैयाैँ टिम र उसका खेलाडीले अभ्यास सुरु गरेका थिए ।
काेराेना भाइरसले सबैभन्दा धेरै प्रभावित बनाएकाे देशमध्ये स्पेन पनि एक हाे । तर पछिल्लाे केही हप्तादेखि देशभर लगाइएकाे प्रतिबन्ध खुकुलाे बनाइएकाे छ ।
गएकाे हप्तादेखि जर्मन फुटबल लिग बुन्डेस लिगा सुरु गर्न अनुमति दिइएकाे थियाे ।