चाैतर्फी विवादपछि वर्षा राउतले भनिन्– 'बाेल्दै जाँदा गल्ती भयाे, अब हेक्का राख्छु'

 जेठ ११, २०७७ आइतबार १४:३९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – केही दिनयता सामाजिक सञ्जालमा नेपालकाे नयाँ नक्सा प्रकाशित गरेकाे खबरलाई लिएर राजनीतिज्ञदेखि कलाकार र सर्वसाधरणले पनि प्रतिक्रिया दिइरहेका छन् । 

विशेषगरी भारतीय सञ्चारमाध्यमले नेपाल–भारत सीमा विवादबारे अतिरञ्जित बनाउने काम गरेकाे भन्दै नेपालमा मात्र नभइ केही भारतीय नागरिकले पनि आलाेचना गरिरहेका छन् । 

यही क्रममा अभिनेत्री वर्षा राउत पनि आफ्नाे बयानका कारण विवादमा तानिएकी थिइन् तर अहिले उनले माफी माग्दै आउँदा दिनमा यस्ताे गल्ती नगर्ने बताएकी छिन् । उनले आफू अलि भावुक स्वभावकाे रहेकाे र बाेल्दै जाँदा जिब्राे चिप्लिएकाे प्रतिक्रिया दिएकी छिन् । 

वास्तवमा हिजाे एउटा अन्तर्वातामा उनले भनेकी थिइन्, 'सीमा विवादलाई लिएर एकआपसमा लडेर काम छैन । याे त टेबल टक गरेर सुल्झ्याउने विषय हाे । यसले गर्दा मलाई मेरा भारतीय साथीसँग कसरी कुरा गर्ने भन्नेबारेमा चिन्ता भइरहेकाे छ ।'

उनकाे याे भनाइकाे चाैतर्फी विवादपछि उनले सामाजिक सञ्जालमा माफी माग्दै यस्ताे लेखेकी छिन्–

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया