राेल्पा : वनमा लागेको आगो बस्तीमा पस्दा दुई घर जले, एक वृद्ध गम्भीर घाइते

 जेठ १२, २०७७ सोमबार ६:१२:३९ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा - वनमा लागेको आगो बस्तीमा पस्दा रोल्पामा २ घर जलेर नष्ट भएका छन् ।

रोल्पा नगरपालिका–१ हरीगातिनाको सामुदायिक वनमा लागेको आगो बस्तीमा पसेपछि स्थानीय जितबहादुर बुढा र उहाँका छोरा नेत्रबहादुर बुढाको घर जलेको प्रहरीले जनाएको छ । 

छोराहरु आगो नियन्त्रणका लागि वनमा गएका बेला घरमा सल्केकाे आगाेले भेटेपछि आँखा नदेख्ने ६५ वर्षीय वृद्ध जितबहादुर बुढा गम्भीर घाइते हुनुभएकाे हाे । घाइते बुढाको अहिले रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको छ । यस्तै आगोमा परेर जितबहादुरकै २ गोरु र १ बाख्रा मरेका छन् ।

साेमबार बिहानदेखि वनमा लागेको आगो स्थानीयको सहयोगमा प्रहरी र नेपाली सेनाले नियन्त्रणको प्रयास गरिरहेका छन् भने आगाे पूर्णरुपमा नियन्त्रण आइसकेकाे छैन ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया