भारतमा अलपत्र परेका ७६ नेपालीलाई पशुपतिनगर नाकाबाट नेपाल ल्याइयाे

 जेठ १२, २०७७ सोमबार १२:१:४६ | सुजता सुनुवार
unn.prixa.net

इलाम – पूर्वी सीमापारी भारतमा रोजगारीका लागि गएका ७६ नेपाली नागरिक एकैदिन इलामको पशुपतिनगर नाकाबाट इलाम प्रवेश गराइएकाे छ । 

लकडाउनका कारण समस्यामा परेकाले उनीहरुको नाकामा नै स्वास्थ्य जाँच गरी इलाम ल्याइएको हो । इलाम ल्याइएका नागरिकहरु इलाम बाहिरका रहेको इलाका प्रहरी कार्यलय पशुपतिनगरका इन्स्पेक्टर रमेश राईले जानकारी दिनु भयो । उहाँले भन्नुभयो,‘आएकाहरु दोलखा, तेह्रथुम, काठमाण्डौ लगायत स्थानका रहेका छन् ।’

इलाम प्रवेश गरेकाको स्वास्थ्य जाँचका क्रममा आठ जनाको र्‍यापिड डाइनोस्टिक टेस्ट (आरडीटी) गर्दा ८ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । 
रिपोर्ट पोजिटिभ देखिएका आठ युवा र अन्य टेस्ट हुन बाँकी रहेका १० जना गरी १८ जनालाई भने इलामको सुर्योदय नगरपालिकास्थित करफोक माध्यमिक विद्यालयमा बनाइएको क्वरेन्टीनमा छुट्टाछुट्टै राखिएको पालिकाले जनाएको  छ ।

पशुपनितगरका अनुसार, प्रवेश गरेको पहिलो दिन दोलखाका नागरिकको मात्र टेस्ट गरिएको  हो । गरिएका मध्ये सामान्य स्वास्थ्य अवस्था भएका ५८ जनालाई यातायातको व्यवस्था गरी गृहजिल्ला दोलखा पठाइएको छ । 

रोजगारीका लागि भारत गएका उनीहरु मध्ये धेरै भारतको दार्जिलिङ्ग, मिरिक, सिक्किम लगायत स्थानका रहेको बताइएको छ । नेपाल आउन चाहनेहरु मध्ये एक सय २५ नेपाली नागरिक अझै सीमापारी नै रहेको इन्सपेक्टर राईले बताउनु भयो । 

आउन चाहने दुई सय एक जना नेपाली नागरिकलाई तीन दिन भित्रमा नेपाल ल्याइसक्ने उहाँको भनाइ छ । 
इलामको पशुपनिगर नाका खुल्ला नाका मानिन्छ । यसै कारण सबै क्षेत्र निगरानीमा रहन गाह्रो भएकाले लुकीछिपी नेपाल प्रवेश गर्ने जोखिम बढ्दो भएकाले उनीहरुलाई सुरक्षितसाथ नेपाल प्रवेश गराइएको हो । 

सीमानाकाबाट नेपाल प्रवेश गरेका सबैलाई बनाइएका क्वारेन्टीनमा नै राखिनेछ । जिल्लाका १० स्थानिय तहका ३८ वटा क्वरेन्टीन रहेका छन् । 

अन्तिम अपडेट: फागुन २९, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया