अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
सिन्धुली – सिन्धुलीमा चट्याङ लागेर एक जनाकाे ज्यान गएकाे छ । चट्याङ लागेर कमलामाई नगरपालिका ४ देउराली बस्ने बासु सापकोटाको ज्यान गएको हाे ।
कमलामाई नगरपालिका ६ रातमाटामा घर ढलान गर्ने क्रममा चट्याङ लागेर घाइते हुनुभएका सापकोटालाई उपचारकाे लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मृतककाे पोस्टमार्टमका लागि सिन्धुली अस्पताल लगिएको छ ।