पशुपतिनगर नाकाबाट इलाम भित्रिएका ८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

 जेठ १५, २०७७ बिहिबार ६:४२:५१ | सुजता सुनुवार
unn.prixa.net

इलाम– इलामको सूर्योदय नगरपालिका – १२ मा रहेको करफोक माध्यमिक विद्यालयको क्वरेन्टीनमा रहेका आठ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । 

इलामको पशुपतिनगर नाका हँदै गृह जिल्ला दोलखा फर्कने क्रम मा ती आठ जनामा गएको आइतबार र्यापिड डाइनोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएको थियो । उनीहरुको रिपोर्ट पोजिटिभ देखिएपछि उनीहरुलाई गृहजिल्ला दोलखा नपठाइ इलामको क्वरेन्टीनमा राखेर स्वाब संकलन गरिएको थियो । 

संकलित स्वाबलाई कोशी अञ्चल अस्पतालमा परीक्षण गरिएको थियोे । परीक्षणमा रिर्पोट नेगेटिभ देखिएको जिल्ला प्रशासन कार्यलय इलामका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत सफल पोर्तेलले जानकारी दिनुभयो । उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि आफ्नै गृहजिल्ला दोलखा पठाइनेछ। 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया