काेराेना सङ्क्रमणकाे 'अर्काे झट्का'काे लागि तयार रहाैँ : विश्व स्वास्थ्य सङ्गठन

 जेठ १६, २०७७ शुक्रबार १५:४३:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – काेराेना सङ्क्रमणकाे बढ्दाे महामारीलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) का वरिष्ठ अधिकारी डाक्टर डेभिड नबाराेले भने, 'हामी काेराेना भाइरस सङ्क्रमणकाे अर्काे झट्काकाे लागि तयार रहनुपर्छ । लकडाउन खुकुलाे हुँदै जाँदा काेराेना सङ्क्रमण बढ्दै झन् तीव्र गतिमा बढ्दै जान सक्छ, जसकाे लागि हामी तयार रहनुपर्छ ।'

ल्याटिन अमेरिकी देश ब्राजिलमा एकैदिन २६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएपछि विश्व स्वास्थ्य सङ्गठनले सजग गराएकाे हाे । 

जाेन्स हप्किन्स विश्वविद्यालयकाे अनुसार विश्वभर झण्डै ६० लाख जाना काेराेना भाइरसबाट सङ्क्रमित भइसकेका छन् भने तीन लाख ५९ हजार जनाकाे ज्यान गएकाे छ । 

कहाँ के भइरहेकाे छ ?

ब्राजिललाई ल्याटिन अमेरिकामा काेराेना भाइरस सङ्क्रमणकाे सबैभन्दा ठूलाे केन्द्र भएकाे बताइएकाे छ । ब्राजिलमा पछिल्लाे २४ घण्टामा २६ हजार चार सयभन्दा धेरैमा सङ्क्रमण देखिएकाे छ । 

रुसमा पछिल्लाे २४ घण्टामा काेभिड–१९ काे कारण दुई सय ३२ जनाकाे ज्यान गएकाे छ । रुसमा एकदिन मृत्यु हुनेकाे याे सङ्ख्या अहिलेसम्मकै धेरै हाे । याेबाहेक पछिल्लाे २४ घण्टामा आठ हजार पाँच सय ७२ जनामा सङ्क्रमण देखिएकाे छ । रुसमा काेभिड–१९ काे कारण अहिलेसम्म चार हजार तीन सय ७४ जनाकाे ज्यान गएकाे छ । 

अस्ट्रियाले आफ्ना नागरिकलाई एक सय जनासम्मले पार्टी गर्न पाउने र हाेटल खाेल्न अनुमति दिएकाे छ । अस्ट्रियाले अहिलेसम्म सङ्क्रमण नियन्त्रण राख्न सफल भएकाे छ, अहिलेसम्म काेभिड–१९ काे कारण ६ सय ४५ जनाकाे ज्यान गएकाे छ । 

लेबनान सरकारले यदि काेही व्यक्ति विना मास्क भेटिए सुरक्षा बलले कारबाही गर्न सक्ने बताएकाे छ । यदि काेही व्यक्ति विना मास्क कुनै सार्वजनिक बसमा यात्रा गरेकाे पाइएमा उसले १६ अमेरिकी डलर जरिबाना तिर्नुपर्ने हुन्छ । 

क्राेएशिया सरकारले १० युराेपेली देशकाे लागि आफ्नाे सीमा खाेल्ने निर्णय लिएकाे छ । पर्यटन क्षेत्रलाई बल दिनकाे लागि क्राेएशिया सरकारले यस्ताे निर्णय लिएकाे बताइएकाे छ । अब अस्ट्रिया, जर्मनी, चेक रिपब्लिकसहित १० देशका नागरिक क्राेएशिया जान सक्छन् । 

अमेरिकामा अहिलेसम्म ४० मिलियन अर्थात् चार कराेड बढीले बेराेजगारलाई मिल्ने फाइदाकाे लागि आवेदन दिइसकेका छन्, जसमध्ये २० लाख बढीले पछिल्लाे दुई हप्तामा आवेदन दिएका हुन् । 

दक्षिण काेरियामा नयाँ सङ्क्रमण देखिएपछि सयभन्दा धेरै विद्यालय फेरि बन्द गर्ने निर्णय लिइएकाे छ । गएकाे २४ घण्टामा दक्षिण काेरियामा काेभिड–१९ काे ५६ नयाँ मामिला देखिएकाे छ । धेरैजसाे सङ्क्रमण राजधानी साेलमा पाइएकाे छ । 

झण्डै दुई महिनापछि दक्षिण काेरियामा एकैदिन यति धैरै सङ्क्रमण देखिएकाे हाे । दक्षिण काेरियाकाे स्वास्थ्य अधिकारीहरुले काेराेना भाइरस महामारीकाे यात्रामा याे एउटा नयाँ समस्या भएकाे बताएका छन् ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया