शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
काठमाण्डाै – भारतमा पछिल्लाे २४ घण्टामा मात्रै सात हजार नाै सय ६४ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । याे दैनिक सङ्क्रमित हुनेकाे सङ्ख्यामध्ये अहिलेसम्मकै धेरै हाे ।
याेसँगै भारतमा कुल काेभिड–१९ सङ्क्रमितकाे सङ्ख्या बढेर एक लाख ७३ हजार सात सय ६३ भएकाे भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । सङ्क्रमितमध्ये ८२ हजारभन्दा धेरै निकाे भएका छन् भने ८६ हजारभन्दा धेरै सक्रिय सङ्क्रिमत छन् ।
यसका साथै स्वास्थ्य मन्त्रालयले पछिल्लाे २४ घण्टामा दुई सय ६५ जनाकाे ज्यान गएकाे छ, याेसँगै भारतमा काेराेना सङ्क्रमणकाे कारण ज्यान गुमाउनेकाे सङ्ख्या चार हजार नाै सय ७१ भएकाे छ ।
भारतमा सबैभन्दा धेरै महाराष्ट्र राज्य प्रभावित भएकाे छ, यहाँमात्रै ६२ हजार दुई सय २८ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । महाराष्ट्रपछि तमिलनाडु (२०,२४६) दिल्ली (१७,३८६) र गुजरात (१५,९३४) सबैभन्दा धेरै प्रभावित भएका राज्य हुन् ।
भारतमा लकडाउन खुकुलाे बनाउँदै रेल सेवा र बस सञ्चालनमा आएपछि दैनिक सङ्क्रमितकाे सङ्ख्या बढ्दै गएकाे बताइएकाे छ ।