कैलालीमा माटोको ढिस्कोमा पुरिएर युवकको ज्यान गयो

 जेठ १७, २०७७ शनिबार १४:२३:३३ | सीताराम ओझा
unn.prixa.net

कैलाली – कैलालीमा माटोको ढिस्कोमा पुरिएका एक युवकको ज्यान गएको छ ।

गौरीगङ्गा नगरपालिका ८ मा माटो खन्ने क्रममा खसेको ढिस्कोमा पुरिएर गम्भीर घाइते भएका १८ वर्षीय भुवन बोहोराको ज्यान गएकाे हो ।

गम्भीर घाइते भएका युवकको उपचारकाे क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले बताउनुभयाे । 

यस्तै ढिस्कोमा पुरिएर घाइते हुनुभएकी स्थानीय ४० वर्षीया दुर्गा मन्नीको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया