पुस्तक छपाइको काम १५ प्रतिशत बाँकी

 जेठ १७, २०७७ शनिबार १५:३९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को प्रभाव पाठ्यपुस्तक छपाइमा पनि परेको छ । 

कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जारी भएको लकडाउनका कारण पाठ्यपुस्तक छपाइको काम अझै सकिएको छैन ।

अघिल्लो वर्षको बिक्रीदर अनुसार छपाइको काम सकिए पनि यो वर्ष झण्डै दुई करोड पुस्तक छाप्ने लक्ष्यअनुसार काम सुरु भएको जनक शिक्षाका सूचना अधिकारी चित्र आचार्यले बताउनुभयो । 

यो वर्ष एक करोड ९७ लाख पुस्तक छपाइ गर्ने लक्ष्य अनुसार काम थालनी गरिएकोमा कोरोनाकाे कारण लकडाउन भइ काम ठप्प हुँदा अझ १५ प्रतिशत पुस्तक छाप्न बाँकी रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार कक्षा ६,७ र ८ का पुस्तक छपाइको काम बाँकी रहेको छ । जनक शिक्षाले अहिले दैनिक एक लाख २५ हजार पुस्तक छपाइ गर्दै आएको छ । आगामी १५ दिनमा सम्पूर्ण छपाइको काम सकेर विद्यार्थीको हातमा पुस्तक पुर्‍याउने गरी काम भइरहेकाे बताइएकाे छ ।

 जनक शिक्षाले कक्षा ५ देखि १० सम्मका पाठ्यपुस्तक छपाइको काम गर्दै आएको छ । कक्षा एकदेखि चारसम्म निजी क्षेत्रबाट छपाइको काम हुँदै आएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया