संविधान संशाेधनकाे पक्षमा मतदान गर्ने कांग्रेसकाे प्रस्ताव

 जेठ १७, २०७७ शनिबार २१:२७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसले संविधान संशाेधनकाे पक्षमा मतदान गर्ने प्रस्ताव पेस गरेकाे छ । सानेपामा भएकाे केन्द्रीय कार्यसमितिमा बैठकमा संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने प्रस्ताव पेस भएकाे हाे । 

‘कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेस गरी सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ’, प्रस्तावमा भनिएकाे छ । 

सरकारले केही हप्ताअघि नयाँ नक्सा सार्वजनिक गर्दै नक्सा अनुसार निशान छाप परिर्वतन गर्न शुक्रबार संविधान संशोधन विधेयक दर्ता गरेको थियो । 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया