कालिकोटका १७ र बाजुराका एक जनामा कोरोना पोजेटिभ

 जेठ १८, २०७७ आइतबार ८:८:४३ | नेत्र शाही
unn.prixa.net

जुम्ला -  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा स्वाब परीक्षण गरिएकामध्ये कालिकोटमा १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । 

प्रतिष्ठानको प्रयोगशाला विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कालिकोट शुभकालिका गाउँपालिकाका १२ जना र महावै गाउँपालिकाका ५ जना रहेका छन् ।  
त्यस्तै बाजुरा जुजनाथ पाँचका १ जनामा कोरोना पोजेटिभ देखिएको  प्रतिष्ठानले जनाएको छ । यसैगरी यस अघि देलेखको दुल्लुमा क्वरेन्टीनमा बसेर मृत्यु भएका ३५ वर्षीय पुरुषको रिपोर्ट समेत पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया