अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
महोत्तरी – प्रदेश प्रहरी कार्यालय जनकपुरधामले लागुऔषध र हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी महोत्तरी लोहारपट्टी नगरपालिका ८ का २० वर्षीय डिके भनिने आजेजुल राईन र सर्लाही मलङ्गवा नगरपालिका १ का जितेन्द्रकुमार रामलाई सार्वजनिक गरेको हो ।
राईनलाई पेस्तोलसहित र रामलाई लागुऔषधसहित पक्राउ गरी अनुसन्धानको क्रममा राखिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । जनकपुर उपमहानगरपालिका १७ बनौलीको रामलोचन पासवानको आँपको बगैँचाबाट पक्राउ परेका राईनको साथबाट प्रहरीले एक थान अटोमेटिक पेस्तोल, तीन थान म्यागजिन र पेस्तोलमा लाग्ने पाँच राउण्ड गोली बरामद गरेको प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो ।
त्यस्तै भारतबाट नेपालतर्फ आइरहेको समयमा सर्लाही प्रहरीले शङ्काको आधारमा जाँच गर्दा रामको साथबाट लागुऔषध वालरेक्स १०० नामक ५० थान बरामद भएको प्रहरी उपरीक्षक सापकोटाले बताउनुभयो ।