तरकारी नष्ट गर्नेलाई कारबाही गर्न गृहलाई कृषि मन्त्रालयको परिपत्र

 जेठ २०, २०७७ मंगलबार २०:३७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा तरकारीलगायत कृषि उपजको ढुवानी रोकेर नष्ट गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । कृषि सचिव राजेन्द्रप्रसाद भारीले स्वदेशी उत्पादन नष्ट गर्नु गम्भीर गल्ती भएको बताउनुभएकाे हाे ।

सुरक्षाकाको मापदण्ड पालना गर्दै कृषि सामग्री तथा उपजहरुको ढुवानी तथा बिक्री वितरणलाई नियमित गर्न पटक–पटक आग्रह गर्दा पनि पालिका र जनप्रतिनिधि जिम्मेवार नभनेको भन्दै कारबाहीकाे लागि गृह मन्त्रालयलाई पत्राचार गरेको कृषि सचिव भारीले उज्यालोसँग बताउनुभयो ।

कृषि मन्त्रालयले स्वदेशी उत्पादलाई खाल्डोमा पुर्ने र नष्ट गर्नेमाथि कारबाही भए/नभएको अनुमगन गर्ने जनाएको छ । कृषि सचिव राजेन्द्र भारीले स्थानीय उत्पादनको बजारीकरण र ढुवानीकाे लागि पालिकालाई बजेट उपलब्ध गराएकाले यस विषयमा केन्द्रीय सरकारभन्दा पनि पालिका र किसान आफैँ पनि सचेत हुनु पर्नेमा जोड दिनुभयो ।

यस्तै मन्त्रालयले कृषि उपज नष्ट गर्ने कार्यले किसानकोे मनोबल खस्कने, उत्पादन घट्ने र कृषिमा आत्मनिर्भर हुन थप चुनौती हुने भएकाले यस्ता कार्य नगर्न र नगराउन सम्बन्धित सबैलाई आग्रह गरेको छ । यस्तो अवस्था फेरि पनि दोहोरिए एक पालिकाबाट अर्को पालिकामा नै स्वदेशी उत्पादनको आयात निर्यात रोकिने र यसले ठूलो नोक्सानी हुने हुँदा ध्यान दिन उहाँको आग्रह छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया