बिहीबारदेखि ३ दिनसम्म ठूलो पानी पर्ने सम्भावना : महाशाखा

 जेठ २१, २०७७ बुधबार ७:४५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – अरब सागरबाट उत्पन्न भएको निसर्ग नामको चक्रवातको प्रभावले नेपालमा भाेलि (बिहीबार) देखि वर्षा हुने मौसमविद्ले बताएका छन् ।

चक्रवातको प्रभाव आज दिउँसोबाटै देखिने र भोलिदेखी तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।

दक्षिण–पूर्वी अरब सागरमा रहेको न्यून चापीय क्षेत्र उत्तरतर्फ सरिरहेको र यसको अप्रत्यक्ष प्रभावले नेपालमा पनि वर्षा र हिमपात हुन सक्ने मौसमविद् बासीले बताउनुभयो । भारतमा भने चक्रवातको प्रभावले वर्षा सुरु भइसकेको छ । नयाँ चक्रवात विकास भइरहेकाे विवरणसँगै भारतको मौसम पूर्वानुमान निकायले दुई दिन भिषण आँधीबेहरी, वर्षा र चट्याङ पर्न सक्ने चेतावनी दिएको छ ।

नेपालमा भोलि मध्यम खालको वर्षा हुने र शुक्रबार र शनिबार ठूलो पानी पर्ने मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । मौसमविद् बासीले मनसुन भारतको केरला प्रवेश गरिसकेकोले जेठ मसान्तअघि नै नेपालमा मनसुन सुरु भइसक्ने पनि बताउनुभयो ।

यसैबीच आज कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमबिद् बासीले बताउनुभयो । अहिले सुदूरपश्चिम प्रदेश र प्रदेश १ को पहाडी भूभागमा सामान्य बादल लागेको र अरु ठाउँको मौसम सफा रहेको उहाँले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

1 Comments

  • Janak Chaudhary

    June 3, 2020, 11:21 a.m.

    केही दिन पहिलेको अम्पुन चक्रवातको कारणले नेपालको तराइ क्षेत्रमा केही नोक्सानी भएपनि मानवीय क्षेति भएन । यो नै खुसीको कुरा थियो । तर अब पुन अरब सागरबाट उत्पन्न भएको निसर्ग नामको चक्रवातको कारण पनि नेपाल ठूलो क्षेति हुने अनुमान माैसमविदहरूले गर्नु भएको छैन । त्यसैले चिन्ता पनि लागेको छैन । तर यसपटकको चक्रवातको नामाकरण जुन भाषाबाट गरिएको भएपनि मलाइ त मन पर्यो (निसर्ग चक्रवात )

  •  0 Reply

तपाईको प्रतिक्रिया