दैलेख : गाउँपालिका प्रशासकीय अधिकृतमाथि हातपात

 जेठ २१, २०७७ बुधबार १९:६:१९ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखककाे भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरासिंह थापामाथि हातपात भएकाे छ । 

कोरोना भए/नभएकोबारे आरडीटी परीक्षणको विषयमा भएको विवादमा क्वरेण्टीनमा बसेका व्यक्तिहरुले बुधबार थापामाथि हातपात गरेका हुन् ।हातपातको क्रममा वडा नम्बर ४ का वडाध्यक्ष वीरेन्द्र शाहीमाथि पनि हातपात भएको छ । 

हातपातमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिइएकाे इलाका प्रहरी कार्यालय दुल्लुका इञ्चार्ज, प्रहरी निरीक्षक (इन्सपेक्टर) हिक्मत बोहोराले जानकारी दिनुभयो ।घटनाबारे अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत ४, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया