चीनका यात्रुवाहक जहाजलाई अमेरिका प्रवेशमा रोक

 जेठ २२, २०७७ बिहिबार १०:४५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाले चीनका यात्रुवाहक जहाजलाई प्रवेशमा रोक लगाउने भएकोछ ।

दुई देशबीच तनाव बढ्दै जाँदा ह्वाइटहाउसले जुन १६ तारिखदेखि चीनका यात्रुवाहक जहाजलाई अमेरिका प्रवेशमा रोक लगाउने जनाएको छ ।

चीन र अमेरिकाले समान हिसाबमा एक अर्काका देशमा जहाजलाई उडाउने अनुमति दिनुपर्नेमा चीनले अमेरिकी जहाजको उडान रोकेको अमेरिकी ट्रान्सपोर्ट विभागले आरोप लगाएको समाचार संस्था रोयटर्सले जनाएको छ 

। तर हङकङको विषयलाई लिएर पछिल्लो समय दुई देशबीच तनाव भएकाले अमेरिकाले चीनका जहाजलाई प्रतिबन्ध लगाएको हुन सक्ने आकलन गरिएको रोयटर्सले जनाएको छ ।

अमेरिकामा हाल चीनका एअर चाइना, चाइना इस्टर्न, चाइना साउर्दन, हेनान एअर, सिचुवान एअर र सियामेन एअरलाइन्सले उडान गरिरहेका छन् । तर यी जहाजलाई जुन १६ देखि प्रतिबन्ध लगाउने अमेरिकी घोषणा छ । 

अमेरिकाको डेल्टा, युनाइटेड एअरलाइन्स लगायतका एअरलाइन्सले चीनमा उडान अनुमति माग्दा पनि महामारीलाई कारण देखाएर चीनले यात्रु उडानमा रोक लगाउँदै आएको छ । चीनले गएको मार्च १२ तारिखदेखि अमेरिकी यात्रुवाहक जहाजलाई रोक लगाएको छ । 

चीनका जति जहाजले अमेरिकामा उडान गर्छन, त्यति नै संख्यामा अमेरिकाका जहाजले चीनमा उडान गर्न पाउनुपर्ने यूएस ट्रान्पोर्ट विभागले जनाएको छ । अमेरिकाको यो निर्णयलाई डेल्टा एअरले पनि समर्थन गरेको छ । 

‘चीनले हामीकहाँ जति उडान गर्छ, हामीलाई पनि त्यति नै उडानको अनुमति दिएमा यो प्रतिबन्ध फुकुवा हुनेछ’ऽ ट्रान्सपोर्ट विभागका एक अधिकारीले भनेका छन् । 

अहिले चीनमा कार्गो उडान मात्रै गरिरहेको डेल्टा एअरले चीनमा दैनिक २ वटा उडानको अनुमति मागेको छ । यूनाइटेड एअरलाइन्सले सान फ्रान्सिस्कोदेखि बेइजिङ र न्युयोर्क–सा‌ंघाइ उडानको अनुमति मागेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया