दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि तेह्रथुमकाे आठराई गाउँपालिका सिल

 जेठ २२, २०७७ बिहिबार १५:२७:१५ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – सुरक्षाकर्मीसहित २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै तेह्रथुमको आठराई गाउँपालिका सिल गरिएको छ ।

कोशी अस्पतालमा गरिएको परीक्षणमा भारतबाट फर्केर तेह्रथुमको आठराइ गाउँपालिकामा रहेको क्वरेन्टीनमा बसेकी २० वर्षीय युवतीसहित दुई जनामा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

गाँउपालिकाको आकस्मिक बैठकले अर्को सूचना नभएसम्मका लागि सिल गरिएको अध्यक्ष मानबहादुर लिम्बूले जानकारी दिनुभयो । 

आठराई गाँउपालिकाको क्वरेन्टीनमा केही दिनअघि भारतबाट आएका १७ जनासँगै ड्युटीमा खटिएका एक सशस्त्र र एक जनपथ प्रहरी गरी १९ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा २ जनाको नतिजा पोजेटिभ आएको स्वास्थ कार्यालय तेह्रथुमले जनाएको छ । 

आठराई गाउँपालिका पाँचथरको सदरमुकाम फिदिम र हिलिहाङ गाउँपालिकासँग सीमाना जोडिएको छ ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया