लकडाउनका कारण नेपालमा रोकिएका नागरिक भारतद्वारा स्वदेश फिर्ता

 जेठ २२, २०७७ बिहिबार १५:४७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतीय सरकारले लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेको छ । 

विभिन्न काम विशेषले काठमाण्डौ उपत्यकामा आएर रोकिएका भारतीय नागरिकलाई भारतीय राजदूतावासको पहलमा स्वदेश फिर्ता लगिएको छ । 

लामो समय जारी रहेको लकडाउनका कारण काठमाण्डौ व्यापार व्यवसाय गर्ने भारतीय नागरिक, धार्मिक भ्रमणका लागि आएका, आफन्त भेटघाटका लागि आएका आफ्ना नागरिकलाई बिहीबार पनि भारत लैजाने व्यवस्था मिलाएको हो ।

दूतावासका अनुसार सम्पर्कमा आएका आफ्ना नागरिकलाई बस मार्फत लैजाने व्यवस्था गरिएको छ । भारत सरकारले यसअघि पनि नेपमालमा आएर विभिन्न ठाउँमा रोकिएर बसेका आफ्ना नागरिकलाई उद्धार गरी प्लेनमार्फत स्वदेश फिर्ता लगेको थियो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया