आज एकैदिन ३३४ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या २ हजार ६३४ पुग्याे

 जेठ २२, २०७७ बिहिबार १६:४९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – नेपालमा बिहीबार एकैदिन तीन सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा तीन सय १९ जना पुरुष र १५ जना महिला गरी तीन सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या दुई हजार ६ सय ३४ पुगेको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया