जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
जुम्ला - जुम्लामा क्वरेन्टीनमा बसेको एक जनाको मृत्यु भएको छ ।
चन्दननाथ नगरपालिका वडा नम्बर-८, धुपीढुस्का माध्यामिक विद्यालय तलिउममा बनेको क्वरेन्टीनमा रहेका व्यक्तिको मृत्यु भएको खबर आएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो ।
उहाँले मृत्यु भएका व्यक्ति जिल्लाबाहिरबाट आएकाे जानकारी पाएको बताउनुभएकाे छ । प्रनाउ धामीका अनुसार प्रहरी तलिउम पुगिसकेको र मृतककाे स्वाब लिन बाँकी रहेको छ भने अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली पनि घटनास्थलतर्फ जाँदैछ ।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले मृतक वडा नम्बर ८ का भएकाे र दमको रोगी भएका खबर पाएको बताउँदै आफू घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिनुभयाे ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।