बाजुरा : क्वरेन्टीनमा बसेका एक जनाको मृत्यु

 जेठ २४, २०७७ शनिबार ११:३५:४४ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा - खप्तड छेडदह गाउँपालिकाको क्वरेन्टीनमा शनिबार एक जनाको मृत्यु भएको छ । 

खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ का ती व्यक्ति जेठ १५ गतेदेखि गाउँकै विद्यालयमा बनाइएको क्वरेन्टीनमा बस्दै आएकामा हिजो साँझदेखि खाना नखाएको र एकाएक बिरामी भएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर धनगढी पठाउने बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया