अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
जुम्ला – डोल्पामा ज्यान गुमाउनुभएका ५८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।
जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय पुरुषको गएको जेठ २० गते होम क्वरेण्टीनमै मृत्यु भएको थियो । उहाँको स्वाब परीक्षण गर्दा कोरोना रिपाेर्ट पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ । प्रतिष्ठानले प्रकाशन गरेको विज्ञप्तिमा उहाँ अस्थायी रुपमा सुर्खेतमा बसोवास गर्दै आउनुभएकाे र २०७७ जेठ १६ गते डोल्पा (घर) गएर होम क्वरेण्टीनमा बस्नुभएकाे उल्लेख छ ।
उहाँको जेठ २२ गते स्वाब सङ्कलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल ल्याइएको थियो । पीसीआर विधिबाट परीक्षण गर्दा नतिजा पोजेटिभ आएको निर्देशक मङ्गल रावलले जानकारी दिनुभयो ।
प्रतिष्ठानले घटनास्थल भौगोलिक दुरीले टाढा भएकाेले त्यहाँका स्थानीयको समन्वयमा मृतककाे सम्पर्कमा आएका अन्यको खोजी गरिने बताएको छ । योसहित कर्णालीमा कोरोना सङ्क्रमणकाे कारण मृत्यु हुने सङ्ख्या तीन पुगेको छ । यसअघि सुर्खेतमा एक र दैलेखमा एक जनाको कोरोनाकाे कारण मृत्यु भएको पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १२ पुगेको छ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।