रामेछाप : विदेशबाट आएकालाई ७ वटा होटलमा राखिने

 जेठ २४, २०७७ शनिबार २०:५६:३३ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – जिल्ला प्रशासन कार्यालय रामेछापले कोरोना भाइरसकाे महामारीकाे कारण स्वदेश फर्किएका नागरिकहरुलाई सदरमुकाम मन्थलीमा रहेको सात वटा होटलमा राख्ने भएको छ । 

जिल्ला प्रशासन कार्यालय रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सदरमुकाम मन्थलीमा रहेका सात वटा होटलमा उनीहरुलाई राख्ने निर्णय गरेको हो । 

मन्थली रिर्सोटमा ५० जना, बेताली होटलमा २० जना, सनराइज होटलमा २० जना, होटल पाहुनाघरमा १८ जना, होटल एसएसमा २५ जना, होटल काठमाण्डौमा २० जना र होटल बिनितामा १० जना गरी कुल एक सय ६३ जना राख्ने प्रबन्ध मिलाइएको प्रजिअ शर्माले जानकारी दिनुभयाे । होटेलमा बस्नेहरुले खाने र बस्ने खर्च स्वयं ब्याेहोर्ने भएका छन्  ।

शर्माले भन्नुभयो, ‘रामेछापबाट रोजगारीमा गएका नागरिकहरु कति जिल्ला फर्कन्छन् भन्ने तथ्याङ्क छैन । त्यसैले पहिलो पटक एक सय ६३ जनाको लागि होटल व्यवस्थापन गरेका छौँ । उनीहरु गाउँपालिकाले निर्माण गरेको क्वरेण्टीनमा नगइ सदरमुकामका होटलमा पैसा तिरेर बस्न सक्छन् । पैसा नभएकाहरुको लागि भने स्थानीय पालिकाहरुले निमार्ण गरेको क्वरेण्टीनमा बस्ने व्यवस्थापन मिलाएका छौँ ।' 

अन्तिम अपडेट: चैत १५, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया