गौशाला क्वरेण्टीनमा रहेका ३ जनामा कोरोना पुष्टि, महोत्तरीमा सङ्क्रमितको सङ्ख्या ३५ पुग्याे

 जेठ २४, २०७७ शनिबार २१:३८:४९ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीको गौशालामा तीन जनामा कोरोना पोजिटिभ देखिएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा गौशालामा रहेको त्रिभुवन मावि क्वरेण्टीनमा रहँदै आएका तीन जनामा कोरोना पुष्टि भएको हो । 

कोरोना सङ्क्रमित हुनेमा दुई जना पुरुष र एक जना महिला रहेका छन् । उनीहरुलाई आइसोलेशनमा राख्न जिल्ला जनस्वास्थ्य कार्यालय जलेश्वर पठाउने तयारी भइरहेको क्वरेण्टीन नगर संयोजक देवेन्द्र यादवले बताउनुभयो । 

संयोजक यादवका अनुसार १० वटा क्वरेण्टीन रहेको गौशाला नगरपालिकामा अहिले दुई सय ६७ जना रहँदै आएका छन् भने शनिबार १७ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै सोनमा गाउँपालिकाको एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । सोनमा गाउँपालिका वाडा नम्बर ३ मा रहेको क्वारेन्टाइनमा जनप्रतिनिधि र कर्मचारीको स्वाब संकलन गरि पठाईएकोमा सो कर्मचारीको रिपोर्ट पोजेटिभ देखिएको सोनमा गाउँपालिकाको स्वास्थ्य संयोजक शिव शंकर यादवले जनाएको छ । २६ वर्षिय सो कर्मचारीलाई धनुषाको सपहिमा रहेको आइसुलेसनमा राखिएको छ ।

महाेत्तरीका विभिन्न क्वरेण्टीनमा रहेका पुरुष तथा महिला गरी अहिलेसम्म ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया