जुम्लामा कोरोना जितेर १८ जना घर फर्किए

 जेठ २७, २०७७ मंगलबार २१:१०:२७ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लामा कोरोना सङ्क्रमित १८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि  घर पठाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा रहेका १८ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु घर फर्किएका हुन् । 

प्रतिष्ठानबाट कोरोनालाई जितेर घर फर्किने क्रममा उनीहरुले खुसी व्यक्त गरेका छन् । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्ले, प्रहरी नायब उपरीक्षक लालबहादुर धामीलगायतले माला लगाइदिएर बिदाइ गरेका हुन् ।

उनीहरुलाई घर फर्किएपछि घरमा अपनाउनुपर्ने सावाधानीको बारेमा पनि बताइएको प्रतिष्ठानका विशेषज्ञ डाक्टर धिरज गुरुङले जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले घर फर्किएका सबैलाई बधाइ दिनुभयो । प्रतिष्ठानका अन्य सङ्क्रमितलाई पुनः पीसीआर परीक्षणको आधारमा घर पठाइने कर्णाली प्रतिष्ठानले जनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया