कालीकाेट : टिप्पर दुर्घटना अपडेट, २ जनाकाे ज्यान गयाे

 जेठ २८, २०७७ बुधबार १३:२१:५६ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – कालीकाेटको लालीघाट बजारबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको जा ८ ख ५१३३ नम्बरको टिप्पर कर्णाली नदीमा खस्दा दुई जनाकाे ज्यान गएकाे छ । रास्काेट नगरपालिका २ की २१ वर्षीया ठुम्की सार्की र २३ वर्षीया सर्मिला सार्कीकाे घटनास्थलमै ज्यान गएकाे हाे । 

त्यस्तै दुर्घटनामा घाइते भएका नाै जनालाई उपचारकाे लागि कालीकाेट ल्याइएकाे सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईँले बताउनुभयाे ।   

भारतलगायत विभिन्न देश र स्थानीयलाई उद्धार गरी क्वरेण्टीनमा लैजाने क्रममा टिप्पर कर्णाली नदीमा खसेकाे हाे । 

रास्कोट नगरपालिकाकै मर्ना कुमाल, सरिता सार्कीलगायत ६ जना बेपत्ता भएको घटनास्थलमा पुग्नुभएका पत्रकार प्रेमराज सिम्खाडाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया