विदेशबाट नेपालीलाई ल्याउन भाडा दर र उडान तालिका तय, कुन देशबाट कहिले हुन्छ उडान ? (सूचीसहित)

 जेठ २९, २०७७ बिहिबार ६:१:४५ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – सरकारले विदेशमा कोरानोनाको कारण समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि उडान तालिका र भाडादर तय गरेको छ । 

पहिलो चरणको प्राथमिकतामा परेका ३० देशका २४ हजार १४८ नेपालीको स्वदेश फिर्तीका लागि संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका तयार पारेर कोभिड १९ व्यवस्थापन केन्द्र सिसीएमसीलाई बुझाएको छ । मन्त्रालयले सीसीएमसीलाई उपलब्ध गराएको तालिका अनुसार जेठ  ३२ गतेदेखि असार ११ गतेसम्म पहिलो चरणको उडान तालिका बनेको छ । 

सरकारले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि एक दिनमा १० वटासम्म उडान भर्न दिने निर्णय गरिसकेकाले यो अवधिमा विभिन्न देशबाट नेपालीलाई स्वदेश ल्याउन उडान हुनेछन् । 

नेपालीको स्वदेश फिर्तीका सरकारले लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज पठाउने भएको छ भने केही विदेशी एयरलाइन्सलाई उडानमा प्रयोग गर्ने जनाइएको छ ।  ३० देशबाट नेपालीलाई ल्याउन ६७ वटा उडान हुने भएको छ । त्यसका लागि नेपाल एयरलाइन्सले २४, हिमालय एयरलाइन्स १९ र  विदेशी जहाजदे २४ वटा उडान भर्नेछन् ।

कुन देशबाट कहिले कहिले हुन्छ स्वदेश फिर्ती ?

(खाडीका देश र मलेसियाको उडान तालिका)

आज बिहीबार कुवेतमा आममाफीमा सहभागी तीन सय नेपाली महिलाई लिएर कुवेतबाट दुईवटा जहाज आउने निश्चित भइसकेको छ । उनीहरुलाई कुवेत सरकारले आफ्नै खर्चमा पठाउन लागेको हो । 

यस्तै कुवेतबाट प्राथमिकतामा परेका नेपालीलाई ल्याउनका लागि अर्को उडान असार २ गते, ५ गते, ७ गते र १० गते हुने तय भएको छ । असार २ गते, ३ गते, ६ गते र ८ गते कतारमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि उडान तालिका तय भएको छ । 

यूएईमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार २ गते, ४ गते, ६ गते र असार ९ गते उडान हुनेछ भने मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार १ गते, ४ गते, असार ६ गते र ७ गते उडान हुनेछ ।

साउदीमा समस्यामा परेका नेपालीलाई ल्याउन असार १ गते, ४ गते, ५ गते र १० गते उडान हुनेछ । 

यस्तै यूएईमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार २ गते, ४ गते, ६ गते र असार ९ गते उडान हुनेछ भने मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार १ गते, ४ गते, असार ६ गते र ७ गते उडान हुनेछ ।

ओमानमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पहिलो उडान असार १ गते हुने भएको छ । त्यसपछि अर्को उडान असार ४ गते, ७ गते हुनेछ भने बहराइनमा समस्यामा परेका नेपालीलाई असार ३ गते स्वदेश ल्याइने भएको छ । 

अन्य देशको उडान तालिका

जेठ ३२ गते बंगलादेशबाट त्यहाँ समस्यामा परेका नेपालीको उडान हुनेछ भने असार १ गते माल्दिभ्स, सिंगापुर र कम्बोडियाबाट पनि नेपालीको स्वदेश फिर्तीका लागि उडान हुने तय भएको छ । 

असार २ गते श्रीलंका र माल्दिभ्सबाट पनि त्यहाँ समस्यामा परेका नेपालीहरलाई ल्याउने उडान तालिका तय भएको छ भने असार ३ गते अष्ट्रेलिया, थाइल्यान्ड, बंगलादेश र अमेरिकामा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याइने छ । 

असार ५ गते जापान र नाइजेरियामा समस्यामा परेका नेपालीलाई ल्याउन उडान हुनेछ भने असार ६  गते साइप्रस, बंगलादेश र युरोपियन युनियनबाट नेपालीको स्वदेश फिर्ती हुनेछ । 

असार ७ गते दक्षिण कोरियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछ ।  असार ८ गते अष्ट्रेलिया, थाइल्यान्ड र पाकिस्तानमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउने उडान तालिका तय भएको छ भने असार ९ गते जापान, माल्दिभ्स र युगान्डा तथा असार ११ गते साइप्रस र इजरायलमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछ । 

कहाँबाट आउन कति भाडा लाग्ने ?

सरकारले प्राथमिकताको आधारमा नेपाल ल्याउने नेपालीले विभिन्न देशबाट आउँदा आफैले टिकट काट्न पर्नेछ । सरकारले उद्दार गर्नका लागि सूची तय गरेको ३० देशबाट आउनका लागि हुने चार्टर्ड उडानको भाडादर पनि तोकेको छ ।

साउदीको दमामबाट आउने नेपालीले ५९० अमेरिकी डरल, रियादबाट आउनेले ६३० अमेरिकी डलर र जेद्दाबाट आउनेले ७७० अमेरिकी डलर भाडा तिर्न पर्नेछ । 
यस्तै यूएईको दुबईबाट आउनेले  ५०० अमेरिकी डलर, आबुधाबीबाट आउनेले ५०० अमेरिकी डलर र सारजाहबाट आउनेका  लागि पनि ५०० अमेरिकी डलर भाडा तोकिएको छ ।

यस्तै ओमानबाट ५१० अमेरिकी डलर, मलेसियाको राजधानी क्वाललम्पुरबाट आउनेका लागि ५२० अमेरिकी डलर, कतारको दोहाबाट आउनेले ५४५ अमेरिकी डलर र बहराइनबाट स्वदेश फर्कने नेपालीका लागि ५४५ अमेरिकी डलर र कुवेतबाट आउनेका लागि ५७० अमेरिकी डलर भाडा तोकिएको छ ।

सरकारले प्राथमिकताको आधारमा नेपाल ल्याउने नेपालीले विभिन्न देशबाट आउँदा आफै.ले टिकट काट्न पर्नेछ । सरकारले यातायात खर्च व्यर्होर्दैन । सरकारले उद्दार गर्नका लागि सूचि तय गरेको ३० देशबाट आउनका लागि हुने चार्टर्ड उडानको भाडादर पनि तोकेको छ ।

यस्तै, माल्दिभ्सबाट आउनेले ५०५ अमेरिकी डलर, जोर्डनबाट आउनेका लागि ८१५ अमेरिकी डलर, साइप्रसबाट आउनेका लागि ८७५ अमेरिकी डलर, जापानको नारिताबाट आउनेका लागि ९३५ अमेरिकी डलर भाडा सरकारले तोकेको छ ।

सुडानको खार्तुनबाट आउनेका लागि  ९४० अमेरिकी डलर, फ्रयाङकफर्टबाट आउनेका लागि १२५५ अमेरिकी डलर, लन्डनबाट आउनेका लागि १३४० अमेरिकी डलर भाडा तोकिएको छ ।

बांगलादेशबाट आउनेका लागि १६५ अमेरिकी डलर, नयाँ दिल्लीबाट २०५ अमेरिकी डलर, मुम्बइबाट आउनेका लागि ३१० अमेरिकी डलर, बैंगलोरबाट आउनेका लागि ३३५ अमेरिकी डलर, बैंककबाट आउनेका लागि ३९० अमेरिकी डलर, कम्बोडियाबाट आउनेका लागि ४०० अमेरिकी डलर र हङकङबाट आउनेका लागि ५५० अमेरिकी डलर भाडा तोकिएको छ ।

पर्यटन मन्त्रालयले उडान तालिका र भाडादर बुझाए पनि कति मान्छे ती उडानबाट नेपाल आउँछन् भनेर सिसीएमसीले हिसाब गर्ने जनाइएको छ । विभिन्न देशमा रहेका ५६ हजारले नेपाल फर्किन चाहेका थिए ।

खाडीका देश र मलेसियाबाट मात्रै नेपाल फर्कन खोज्ने ४० हजारभन्दा धेरै रहेका छन ।  तर सरकारले विभिन्न ३० देशबाट २४ हजार १४८ जनालाई पहिलो चरणमा उद्दार गर्ने जनाएको छ । 

३० देशबाट ल्याउन परराष्ट्रले तय गरेकोे नेपालीको सूची

खाडीका देश र मलेसियाबाट मात्रै पहिलो चरणमा १७ हजार ७७४ जनालाई ल्याउने सूची तय भएको छ । परराष्ट्रले सीसीएमसीलाई पहिलो चरणमा साउदीबाट ३३ सय १२, यूएईबाट ४१०, बहराइनबाट ३७२, कतारबाट ३ हजार ६०८, मलेसियाबाट ६ हजार ४२५, ओमानबाट ६५६, कुवेतबाट २ हजार ९९१ जना नेपालीको स्वदेश फिर्तीको सूची दिएको छ ।

यस्तै, माल्दिभ्समा कोरोनाको कारण समस्यामा परेका २७४ जना नेपालीको सरकारले उद्धार गर्ने भएको छ भने नेपाली श्रमिकको रोजगारीको गन्तव्य देश कोरियाबाट २८२ जना, साइप्रसबाट ४७१ जना र जापानबाट ९१६ जना नेपाली पहिलो चरणको प्राथमिकतामा परेका छन ।

परराष्ट्रले सीसीएमसीलाई पहिलो चरणमा साउदीबाट ३३ सय १२, यूएईबाट ४१०, बहराइनबाट ३७२, कतारबाट ३ हजार ६०८, मलेसियाबाट ६ हजार ४२५, ओमानबाट ६५६, कुवेतबाट २ हजार ९९१ जना नेपालीको स्वदेश फिर्तीको सूचि दिएको छ ।

यस्तै अमेरिकाबाट अहिले स्वदेश फर्काउन पर्ने नेपालीको सङ्ख्या ६४६ जना, ब्रिटिस क्षेत्रबाट ४९ जना , क्याडानाबाट ७८ जना र अस्ट्रेलियाबाट १३ सय जना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

इजरायलबाट ३९ जना, युगाण्डाबाट १६१ जना, नाइजेरियाबाट ९७ जना, दक्षिण सुडानबाट १८ जना, सुडानबाट ३१ जना, मोरक्कोबाट६३ जना, थाइल्याण्डबाट ३५७ जना, सिंगापुरबाट ६१ जना, कम्बोडियाबाट ४१ जना, भियतनामबाट ४ जना, लाओसबाट २ जना, बंगलादेशबाट १८० जना, श्रीलंकाबाट ३६ जना, पाकिस्तानबाट १२५ जना, डेनमार्क, नर्वे, स्वीडेन र फिनल्याण्डबाट ७६ जनाको उद्धार गर्नुपर्ने सूची दूतावासहरुले परराष्ट्र मन्त्रालयलाई पठाएका छन् । गएको शुक्रबार यूएईबाट १६८ जना र म्यानमारबाट २६ जना नेपाली स्वदेश फर्किसकेका छन् ।

स्वदेश फर्कने नेपालीको साथमा कोरोना जाँच नेगेटिभ आएको रिपोर्ट अनिवार्य हुनपर्ने नियम छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

6 Comments

  • Dipak pun

    June 12, 2020, 12:11 a.m.

    यो उद्दार गर्न खोजेको कि गरिब नागरिकलाई मार्न ??

  •  0 Reply
  • Arjun k.c.

    June 11, 2020, 12:32 p.m.

    कुन एअरलाईन्सबाट हो यो भाडा दर???नेपाल एयरलाइन्स बाट मात्र हो कि सबै एअरलाइन्सबाट हो?

  •  0 Reply
  • Sunil mongol

    June 11, 2020, 11:53 a.m.

    तत्काल नेपाल सरकारको र कुटनैतिक पहलमा नेपाल फर्कनको लागि रु.६३ हजार बराबरको हवाई टिकट कोरोना PCR टेस्ट रु. १० हजार र नेपाल सरकारले क्वारेन्टाइनको लागि तोकेको साधारण होटलको दैनिक रु.३ हजार १५ दिनको , रु. ४५ हजार गरेर एक जना नेपालीको जम्मा खर्च रु.१ लाख १८ हजार सम्म तिर्नु पर्ने यो अलपत्र नेपालीहरु लाई उद्धार गरेको हो या सरकारले लुटतन्त्रको व्यापार ? यस्तो चर्को मुल्यमा रोजगार गुमाएका नेपालीहरु,बिरामी परेकाहरु , गर्भवती महिलाहरु कसरी नेपाल फर्कन सक्छन ?

  •  0 Reply
  • बालकृष्ण निरौला

    June 11, 2020, 11:10 a.m.

    कंपनी टुटेर खान बस्न समस्या परेका 3 महिनाको लकदाउनमा सबै पैसा सकिएको मान्छेले 2000 QAR तिरेर सरकारको उद्दार कार्यमा कसरि भाग लिन्छ सुन्दै हासो लाग्यो आफ्नै पैसाले आउने भये उद्दार कसलाई गर्यो सरकारले (आफू र आफ्नलाई पोस्ने सरकार)

  •  0 Reply
  • Phadindra ghimire

    June 11, 2020, 8:59 a.m.

    मार्च २८ को टिकट थियो , अहिलेसम्म त्यतिकै बसेर न तलव...न खाना /

  •  0 Reply
  • Ashok

    June 11, 2020, 7:15 a.m.

    हंगकंगवाट कुन दिन फ्लाइट हो ??

  •  0 Reply

तपाईको प्रतिक्रिया