पाल्पा : पूर्वखोला गाउँपालिकाद्वारा आफ्नै खर्चमा पीसीआर किट खरिद

 जेठ २९, २०७७ बिहिबार ८:१६:१३ | देव पचभैया
unn.prixa.net

पाल्पा - पूर्वखोला गाउँपालिकाले कोरोना परीक्षणका लागि पीसीआर किट खरिद गरेको छ  ।

पालिकाले स्थापना गरेका क्वरेन्टीनमा रहेकाको संख्या बढ्दै गए पनि कोेरोना परीक्षणका लागि सरकारको बाटो हेर्दा धेरै ढिलाइ भएकाले पालिकाको खर्चमै किट खरिद गरिएको पालिकाले जनाएको छ ।

अब क्वरेन्टीनमा रहेका सबैको स्वास्थ्य परीक्षणको तयारी भैरहेको गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापामगरले जानकारी दिनुभयो । सरकारबाट किट उपलब्ध नहुँदा लामो समयसम्म क्वरेन्टीनमा राख्नुपरेपछि उनीहरुमा सङ्क्रमण देखिए अरुलाइसमेत जोखिम हुने भन्दै पालिकाले आफैँले किट खरिद गरेको अध्यक्ष थापाको भनाइ छ  । 

गाउँपालिकाले घर फर्किएका लगायत अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको कोरोना परीक्षण गर्ने तयारी गरेको समेत जनाएको छ । पाल्पामा अहिलेसम्म २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया