कालिकोट टिप्पर दुर्घटना : ज्यान गुमाउनेको संख्या तीन पुग्याे

 जेठ २९, २०७७ बिहिबार ८:५७:४ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट - कालिकोटमा टिप्पर दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।

काठमाण्डाैको त्रिवि शिक्षण अस्पतालमा उपचारको लागि ल्याइएको महिलाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या तीन पुगेको प्रहरीले जनाएको छ । ज्यान गुमाउने महिलाको परिचय भने खुल्न बाँकी छ ।

यस्तै हराइरहेका तीनमध्ये एकजना सम्पर्कमा आएका छन् भने अरु दुई जनाको खोजी भैरहेको कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाँईले जानकारी दिनुभयो ।

घर फर्किएका ३९ जनालाई क्वरेण्टीनमा पुर्याउन लालिघाट बजारबाट रास्कोट नगरपालिकाका लागि छुटेको टिप्पर कर्णाली नदीमा खस्दा घाइते भएका ६ जनाको जिल्ला अस्पताल कालिकोटमा उपचार भैरहेको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया