सोलुखुम्बुमा ट्रक दुर्घटना, चालकको ज्यान गयो

 जेठ ३०, २०७७ शुक्रबार १९:११:८ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ८ सिकारी डाँडामा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । 

विराटनगरबाट विद्युत् प्राधिकरणको बिजुली पोल बोकेर सोलुखुम्बु आउँदै गरेको ना २ ख ८८४३ नम्बरको ट्रक शुक्रबार साँझ पौने पाँच बजे दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

उदपयुरको कटारी नगरपालिका ११ बासबारीका गोपाल परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो । 

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी निरीक्षक दर्नालको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया