भेरी अस्पतालमा गरिएको परीक्षणमा ४२ जना नयाँ सङ्क्रमित फेला

 जेठ ३१, २०७७ शनिबार १४:२:१० | गोविन्द शर्मा
unn.prixa.net

बाँके - भेरी अस्पताल नेपालगञ्जमा शनिबार गरिएको परीक्षणमा ४२ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

बाँकेका १९, बर्दियाका ६ र रोल्पाका १७ जना गरी ४२ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिनुभयो।

बाँकेको राप्ती सोनारी गाउँपालिकाका १५, खजुरा गाउँपालिकाका ३ र नेपालगञ्ज उपमहानगरपालिकाका एकजनामा सङ्क्रमण देखिएको छ । यसैगरी बर्दियाको बारबर्दियाका ६ र रोल्पाको  सुनिलस्मृति गाउँपालिकाका १२ र बमरुक गाउँपालिकाका ५ जनामा सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया