रोल्पामा कोरोना सङ्क्रमितको सङ्ख्या ३४ पुग्याे

 जेठ ३१, २०७७ शनिबार २०:३५:३७ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पामा शनिबार थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या ३४ पुगेको छ ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा शनिबार थप भएकाहरुमा रोल्पा नगरपालिका १ का पाँच जना र सुनिल स्मृति गाउँपालिकाका १२ जना रहेकाे स्वास्थ्य कार्यालय रोल्पाका कोरोना फोकल पर्सन अरुण भिटु उपाध्यायले जानकारी दिनुभयो । 

यसअघि नै पुष्टि भएका १७ सङ्क्रमित पनि सुनिल स्मृति गाउँपालिकाकै रहेका छन् । सङ्क्रमितहरु सबै भारतबाट आएर क्वरेण्टीनमा बस्दै आएका थिए ।

रोल्पामा अहिलेसम्म आठ सय ८३ को स्वाब परीक्षण गरेर पठाइएकोमा चार सय ६३ को मात्र रिपोर्ट आएको छ । भारतबाट आएर क्वरेण्टीनमा रहेकाहरुको सङ्ख्या एक हजार ६ सयभन्दा बढी छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया