सुनको मूल्य आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो
बैशाख ११, २०८१ मंगलबार
दैलेख – कोरोना सङ्क्रमितसँग भएको विवादमा प्रहरीले गरेको लाठी चार्जमा त्रिभुवन मावि दैलेख बजार आइसोलेशनका चार जना सङ्क्रमित घाइते भएका छन् ।
आइसोलेशनमा बसेकाहरुले दोस्राे रिपोर्ट आउन ढिला गरिएको भन्दै विवादमा जनप्रतिनिधि र आइसोलेशनमा ड्युटीमा रहेका प्रहरीसमेतलाई गाली गरेको विषयमा प्रहरीले लाठी चार्ज गर्दा उनीहरु घाइते भएका हुन् ।
आइसोलेशन हाताबाट बाहिर निस्केका सात जनालाई सम्झाउँदा पनि नमानेपछि लाठी चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले बताउनुभयो ।
घाइतेहरुलाई सरस्वती मावि तर्ताङ्गको आइसोलेशनमा राखेर उपचार सुरु गरिएको छ । नारायण नगरपालिका ६ का २१ वर्षीय युवकले आफ्नाे टाउकोमा सात वटा टाँका लगाइएकाे उज्यालाेलाई बताएका छन् । त्यस्तै अन्य घाइतेहरुले आफूहरुलाई दुखाइ कम हुने औषधि दिइएको बताएका छन् ।
सरस्वती मावि तर्ताङ्गको आइसोलेशनको ड्युटी तोकिएका डाक्टरको टोलीले घाइतेहरुकाे उपचार गरेको हो ।
दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ ।