कालीकोटको आइसोलेशन सेन्टरबाट २५ जना सङ्क्रमित डिस्चार्ज

 जेठ ३२, २०७७ आइतबार १९:३३:२५ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट - कालीकोटको कोभिड-१९ आइसोलेसन सेन्टर मान्ममा रहेको एकीकृत भवनबाट २५ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । 

उनीहको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि सात दिनसम्म होम क्वरेण्टीनमा बस्ने गरी घर पठाइएको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताउनुभयो । 

कालीकोटमा एक जना बाजुराकासहित २९ जना कोरोना सङ्क्रमित थिए ।

अहिलेसम्म दुई हजार दुई सय ९५ जनाको आरडीटी परीक्षण गरिएको छ भने एक हजार नौ सय ७५ जना अझै क्वरेण्टीनमा बसेका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया