कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार नाघ्यो

 असार १, २०७७ सोमबार १७:४९:३६ | मुना हमाल
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सुर्खेत – कर्णाली प्रदेशमा सोमबार थप एक सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ७७ पुगेको छ ।  

प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका ९१ जना र सुर्खेतका १९ जना नयाँ सङ्क्रमित फेला परेका हुन् । 
    
अहिलेसम्म प्रदेशमा एक सय ५१ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ५७ जना कोरोना सङ्क्रमित निको भएका हुन् । कोरोनाको कारण कर्णालीमा तीन जनाको ज्यान गइसकेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया