सुर्खेत : क्वरेण्टीनमा बसेका एक जनाको मृत्यु

 असार १, २०७७ सोमबार १९:४२:६ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट –  सुर्खेतको गुर्भाकोट नगरपालिका ७ को क्वरेण्टीनमा बसेका एक जनाको मृत्यु भएको छ । 

१३ दिनअघि भारतको गढवालबाट फर्किनुभएका गुर्भाकोट नगरपालिका ८ का ५० वर्षीय पुरुषको ज्यान गएको मेयर हस्त पुनले जानकारी दिनुभयाे ।

एक्कासी छाती दुख्यो भनेर पल्टिएपछि पुरुषकाे ज्यान गएको मेयर पुनले बताउनुभयाे । मृतकको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणको लागि सुर्खेत प्रयोगशालामा पठाइएको  पुनले जानकारी दिनुभयाे । 

मृतक पुरुष पहिलेदेखि नै क्षयरोगीकाे बिरामी रहेकाे खुलेकाे छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया