श्रीलंका र माल्दिभ्सबाट १५४ नेपाली आज स्वदेश फर्कंदै

 असार २, २०७७ मंगलबार १३:४१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – माल्दिभ्स र श्रीलंकामा समस्यामा परेका १५४ नेपाली आज हिमालय एअरलाइन्समार्फत स्वदेश फर्कने भएका छन् । माल्दिभ्समा समस्यामा परेका १४९ र श्रीलंकामा समस्या रहेका ५ जना गरी १५४ जना हिमालय एअरलाइन्समार्फत फर्कने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

काठमाण्डौबाट हिमालय एअरलाइन्स श्रीलंकाको कोलम्बो उडिसकेको छ । नेपालबाट ३९ जना श्रीलंकन र २ जना नेपाली लिएर हिमालय एअरलाइन्स कोलम्बो उडेको हो । कोलम्बोबाट माल्दिभ्सको माले जाने र त्यहाँ रहेका नेपालीलाई लिएर बेलुका मात्रै काठमाण्डौ आइपुग्ने प्रवक्ता क्षेत्रीले बताउनुभयो ।

अहिलेसम्म मलेसियाबाट १ जना, म्यानमारबाट २६ जना, यूएईबाट १६९ जना, जापानबाट ७ जना , अस्टे्रलियाबाट ११ जना फर्किएका छन् ।

यस्तै कुवेतबाट २ वटा फ्लाईट मार्फत १५० र १४९ गरेर २९९ जना, जापानबाट ६ जना, अफगानिस्थानबाट १८ जना र बंगलादेशबाट १५८ जना स्वदेश फर्किएका छन् । हिजो असार १ गते ओमानबाट १६६ नेपालीहरु स्वदेश फर्किएका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया