म्याच फिक्सिङको आराेप लागेका सागर थापासहित ६ खेलाडीलाई सफाइ

 असार २, २०७७ मंगलबार १८:४४:५० | रासस
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतले म्याच फिनिसिङको आराेप लागेका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित ६ खेलाडीलाई सफाइ दिएको छ ।

न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गर्दै खेलाडीलाई सफाइ दिने फैसला गरेको हो ।

सफाइ पाउनेहरुमा राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकाससिंह क्षेत्री, खेलाडीहरु अञ्जन केसी र डेबिड थापा रहेका छन् । 

विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा तत्कालीन कप्तान थापासहितका खेलाडीलाई २०७२ असोज २७ गते प्रहरीको अपराध महाशाखाले पक्राउ गरी जेठ २४ गते विशेष अदालतमा राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो ।

उनीहरुलाई यसअघि नै विशेष अदालतले सफाइ दिने फैसला गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया