पर्वत पहिरो : बेपत्ता बालकको शव फेला, ज्यान गुमाउनेको संख्या ९ पुग्यो

 असार ३, २०७७ बुधबार १२:४:१ | सन्तोष थापा
unn.prixa.net

पर्वत - कुश्मा नगरपालिका वडा नम्बर-३ऽ दुर्लुङको ढकालबारीमा गएको पहिरोमा बेपत्ता भएका बालकको शव फेला परेको छ ।

१४ वर्षका जेनिश विकको पाँच दिनपछि आज बिहान शव भेटिएको हो । स्थानीय बासिन्दाले बालकको शव फेला पारेका हुन् । गण्डकी प्रदेश कार्यालय पोखराबाट तालिम प्राप्त कुकुर झिकाएर हिजो दिनभर खोजी गरिएको थियो । यो सँगै पहिरोमा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया