नदीजन्य पदार्थको उत्खनन रोक्न निर्देशन

 असार ३, २०७७ बुधबार १४:५१:५७ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जिल्ला नदीजन्य उत्खनन समिति खलङ्गाले जथाभाबी नदीजन्य पदार्थको उत्खनन रोक्न निर्देशन दिएकाे छ ।  

अनुगमन समितिको मङ्गलबार बसेको बैठकले जिल्ला समन्वय समिति र  सम्बन्धित पालिकाकाे सक्रियतामा नदीजन्य वस्तुहरु : ढुङ्गा, गिट्टी र बालुवाकाे उत्खनन रोक्ने निर्णयसहित निर्देशन गरेको हो ।  

जुम्लाको तिला र  तातोपानी गाउँपालिकामा समितिले अनुगमनसहित नियम अनुसार काम गर्न तथा रोक्न निर्देशनसहितको निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले जानकारी दिनुभयो ।  

यसअघि पातारासी गाउँपालिकामा नदीजन्य वस्तु उत्खनन नगर्न निर्देशन दिइएको थियो ।

यसैगरी जुम्लामा हिमा तिला र जवाँ नदीमा अत्यधिक मात्रामा एक्साभेटर प्रयोग गरी मापदण्डविहीन उत्खनन भइरहेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया