बझाङ : युवाहरुद्वारा बु‌ंगल नगरपालिकालाई भीटीएम किट सहयोग

 असार ३, २०७७ बुधबार १३:११:१८ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बुंगल नगरपालिकाका युवाहरुले पीसीआर परीक्षणका लागि भीटीएम (भाइरल ट्रान्सपोर्ट मिडियम) किट खरीद गरी नगरपालिकालाई बुझाएका छन् ।

नगरपालिकाले बुंगल नगरपालिका खेलकुद विकास समिति र परिवर्तनशील बाल युवा सञ्जाललाई बालबालिकाहरुको क्षमता विकासका लगि प्रदान गरेको २-२ लाख रुपैयाँ मिलाएर युवाहरुले भीटीएम किट खरीद गरी हस्तातरण गरेका हुन् ।

योसँगै नगरपालिकालाई बुंगल नगरपालिका खेलकुद विकास समितिले ३०० भीटीएम किट, के. एन.९५ मास्क १८० थान, स्यानिटाइजर, ग्लोब्स, सर्जिकल मास्क, लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको खेलकुद विकास समितिका अध्यक्ष धनशेर ओखेडाले बताउनु भयो । 

अहिले महामारी रोकथाममा सहयोग गर्नु सबैभन्दा उत्तम हुने ठानेर समितिको बैठकले स्वास्थ्य सामग्री खरीद गरी नगरपालिकालाई सहयोग गरेको उहाँको भनाइ छ ।

 प्रदान गरिएका स्वास्थ्य सामग्रीले ठूलो सहयोग पुगेको नगरपालिकाका मेयर धनबहादुर विष्टले बताउनु भयो । नगरपालिकाले ६ सय भीटीएम किट प्राप्त भएको बताउँदै मेयर विष्टले दुवैै समूहलाई स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा धन्यवाद समेत ज्ञापन गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया