कर्णाली प्रदेश : बुधबार १५२ सङ्क्रमित डिस्चार्ज

 असार ३, २०७७ बुधबार १९:२५:४० | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार एक सय चार पुगेको छ । बुधबार थप १८ जनामा कोरोना सङ्क्रमण भेटिएकाे हाे ।   

बुधबार कालीकोटका १४ जना र दैलेख र सुर्खेतका दुई/दुई जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएकाे छ । 

प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा चार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएका परीक्षणमा १४ जनामा कोरोना सङ्क्रमण भेटिएको हो ।  बुधबार एक सय ५२ जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । दैलेखमा मात्रै एक सय ४९ जना निको भएका हुन् । 

दैलेखको महाबु गाउँपालिकामा रहेको आइसोलेशन सेन्टरबाट एक सय ६ र  नारायण क्याम्पसमा रहेको आइसोलेशन र जिल्ला अस्पताल दैलेखबाट ४३ जनालाई  डिस्चार्ज गरिएको महाशाखाले जनाएको छ ।  

यस्तै प्रदेश अस्पताल सुर्खेतबाट उपचार गराइरहेका तीन जना निको भएर घर गएका छन् । अहिलेसम्म कर्णालीमा चार सय ९४ ले कोरोना जितिसकेका छन् । कर्णालीमा अहिलेसम्म कोरोनाकाे कारण तीन जनाको ज्यान गएको छ । 

अन्तिम अपडेट: चैत २३, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया