बझाङकी पहिलो कोरोना सङ्क्रमित महिला निको

 असार ३, २०७७ बुधबार २१:४:१६ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङकी पहिलो कोरोना सङ्क्रमित महिला उपचारपछि निको हुनुभएकाे छ । खप्तड छान्ना गाँउपालिकामा रहेको मेल्तडी माविको क्वरेण्टीनमा रहनुभएकी ४० वर्षीया महिला कोरोनामुक्त हुनुभएको जिल्ला अस्पताल बझाङका डाक्टर मिलन खड्काले जानकारी दिनुभयो । 

गएको जेठ २७ गते पीसीआर रिपोर्ट नेगेटिभ आएको ती महिलाको दोस्रो पटकको पीसीआर रिपोर्ट आएको डाक्टर खड्काले जानकारी दिनुभयो । 

उहाँलाई बिहीबार बिहान घर पठाइने तयारी भएको खप्तड छान्ना गाँउपालिका वडा नम्बर ३ का वडाध्यक्ष मंगलबहादुर सुनारले बताउनुभयो । ती महिलासँगै भारतको दिल्लीबाट आएका अन्य ६ जनाको पनि पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । ती ६ जनाको अहिले आइसोलेशनमा उपचार भइरहेको छ । 

बझाङमा बुधबार थलारा गाँउपालिका ३ की १० वर्षीया बालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको डाक्टर खड्काले जानकारी दिनुभयो । योसँगै अब बझाङमा कुल सङ्क्रमितको सङ्ख्या १४ पुगेको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया