बैतडीका ६ पालिकामा कोरोना सङ्क्रमित भेटिए

 असार ५, २०७७ शुक्रबार ११:३२:४९ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीमा अहिलेसम्म ६ वटा पालिकामा काेराेना सङ्क्रमित भेटिएका छन् ।

बैतडीमा ५२ जनामा कोरोना पुष्टि हुँदा दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका, पुर्चौडी नगरपालिका र मेलौली नगरपालिका बाहेक अन्य ६ पालिकामा काेराेना सङ्क्रिमत भेटिएकाे स्वास्थ्य कार्यालयले जनाएको छ । 

सबैभन्दा बढी शिवनाथ गाउँपालिकामा २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिकाका १०, सिगास गाउँपालिकाका ६, पञ्चेश्वर गाउँपालिकाका चार , पाटन नगरपालिका र सुर्नया गाउँपालिकामा  तीन/तीन जनाका कोरोना पुष्टि भएको हो ।  उनीहरु सबै भारतबाट फर्किएका र आरडीटी पोजेटिभ आएका हुन् । 

बैतडीमा गत जेठ ९ गते पहिलो सङ्क्रमित भेटिएकाेमा जेठ १० मा थप चार जनामा कोरोना पुष्टि भएको थियो । यस्तै जेठ १९ गते थप एक जनामा सङ्क्रमण पुष्टि हुँदा असार १ गते थप २१ जना थपिएका थिए । यसका साथै असार ४ गते थप २५ जनामा पुष्टि भएसँगै अहिलेसम्म ५२ जनामा काेराेना पुष्टि भएको  छ ।  

अन्तिम अपडेट: चैत १६, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया